काठमाण्डु – वि.सं.२०७८ साल जेठ १५ गते शनिबार । ईश्वी सन् २०२१ मे २९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धीत कामहरु समयमा नै सम्पन्न हुनेछन् ।




प्रतिक्रिया