कार्ल माक्स द्विशतवार्षिकीको अवसरमा ११ देशका कम्युनिस्ट काठमाडौंमा

कार्ल माक्स द्विशतवार्षिकीको अवसरमा ११ देशका कम्युनिस्ट काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कार्ल माक्स जन्मेको द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आजदेखि अन्र्तराष्ट्रिय सेमिनार सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे सेमिनारको उद्घाटन गरेका हुन् । काठमाडौंमा हुने उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ ।

द्विशतवार्षिकी अन्र्तराष्ट्रिय सेमिनार समितिका अनुसार सेमिनारमा कार्ल माक्सको योगदानका बारेमा विचार विमर्श गरिने छ । काठमाडौंमा आयोजना गरिने सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने बताइएको छ। दुईदिने सेमिनारमा अस्ट्रेलिया, बंगलादेश, चीन, जर्मनी, भारत, जापान, कोरिया, लाओस, रसिया, श्रीलंका र भियतनाम गरी ११ राष्ट्रका कम्युनिष्ट पार्टीका प्रतिनिधि तथा नेताहरुको सहभागीता रहनेछ।

मार्क्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए।कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ र नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

वर्कर्स पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसिएन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम पनि सेमिनारमा सहभागी हुनेछन्।