काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
शनिबार बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थलको नाम परिवर्तन गरी स्वर्गीय रवीन्द्र अधिकारी नामाकरण गरेपछि नेता भट्टराईले असन्तुष्टी जनाएका हुन् । त्यस्तै मन्त्री पौडेलले तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामाकरण गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन् । नेता भट्टराईले असल काम असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिने भन्दै अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्ने बताएका छन् ।
‘ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ’, उनले भनेका छन्, ‘यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’




प्रतिक्रिया