काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले नेता माधव नेपालभित्र स्वार्थ लुकेको बताएका छन् ।
आइतबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले देशविरुद्ध ठूलो अनिष्टको काम गरेको बताएका हुन् ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका नेता नेपालको जन्दिगी देखेर दया लाग्ने गरेको उनले बताए ।
‘तिनिहरुको जिन्दगी खेर गएको देखेर दया लाग्छ । त्यस्ता तत्वहरुले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । तीनले देशकाविरुद्ध ठूलो अनिष्टको काम गरेका छन्’, उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेता नेपालले आफ्ना पार्टीका अध्यक्षविरुद्ध राष्ट्रपतिसमक्ष आफू विरोधमा आएको बताए । उनले आफ्नो सरकारविरुद्ध अविश्वासको पक्षमा लाग्ने, फ्लोर क्रस गरेको भन्दै दलीय अनुशासन र संसदीय प्रणालीविरुद्धमा गएको बताए ।
‘जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छन् त्यसलाई गर्वसाथ सम्माननीय राष्ट्रपति समक्ष पुगेर एक जना नेताले म यहाँ छु । म विरोधमा आएको छु भनेछन् । शरम छैन् । माथिबाटै धमिलो बगेपछि तलबाट संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बगाउने काम भएको छ । यो चिन्ताको विषय हो’, उनले भने ।




प्रतिक्रिया