नेपालगञ्जका मेयरले गरे राष्ट्रियसभा उपनिर्वाचन बहिस्कार

नेपालगञ्जका मेयरले गरे राष्ट्रियसभा उपनिर्वाचन बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणाले लुम्बिनी प्रदेशमा जारी राष्ट्रियसभा उपनिर्वाचन बहिस्कार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा विजयी भएका राणाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन् । मेयर राणाले सोमबार बिहानबाट सुरु भएको राष्ट्रियसभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो प्राथमिकता उपनिर्वाचन नभएको बताउँदै आफ्नो पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मतदान गर्न नसक्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’