काठमाण्डु – पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभालाई प्राइभेट कम्पनी बनाएको आरोप लगाएका छन् ।
सोमबार तीन जना पूर्व प्रदेश प्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संसदलार्य प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गरेको बताएका छन् ।
प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले आरम्भदेखि नै संविधानको कार्यान्वयन,पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व नदेखिएको बताए ।
‘हुँदाहुँदा सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि सभालाई आफ्नै प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गर्ने निरंकुशता र सर्वसत्तावाद प्रदर्शित भइरह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जानेछ ।




प्रतिक्रिया