हिमालय रि इन्स्योरेन्स कम्पनीले पायो पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स


काठमाण्डु – बीमा समितिले हिमालय रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स दिएको छ । पुनर्बीमा संचालनका लागी हिमालयसहित प्रुडेन्सियल, काठमाडौं, अन्नपूर्ण र जेनुइन रि इन्स्योरेन्स कम्पनीले आवेदन दिएका थिए ।

आवेदन परेकाबाट हिमालय हिमालय रि इन्स्योरेन्सलाई कम्पनी खोल्न सहमति दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कम्पनीले पत्र भने मंगलवार पाउने बताइएको छ ।

हिमालय रि कम्पनीमा व्यवसायी दिपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो। समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो।

अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रि–इस्योरेन्स कम्पनी हो। जसमा नेपाल सरकार, राष्ट्रिय बीमा कम्पनी र सर्वसाधारण सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर स्वामित्व छ। पुनर्बीमा कम्पनीको चुक्ता पुंजी १० अर्ब रुपैयां छ।

प्रतिक्रिया दिनुहोस
Advertisement