राष्ट्रपतिमाथि छुद्र टिप्पणी गर्नेलाई कहिल्यै कोरोना नलागोस्ः मन्त्री ज्ञवाली

राष्ट्रपतिमाथि छुद्र टिप्पणी गर्नेलाई कहिल्यै कोरोना नलागोस्ः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप ल्याउन गरेको पहललाई विवादमा तान्ने काम गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

मंगलबार एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले नागरिकको जीवन रक्षाका लागि पहल गर्दा विरोध गनुृको कुनै अर्थ नभएको बताए ।

उनले विपक्षी नेताहरुले राष्ट्रपतिमाथि छुद्र टिप्पणीलाई गरेको भन्दै उनीहरुलाई कहिल्यै कोरोना नलागोस् भन्ने कामनासमेत गरे ।

‘मान्छे बच्यो भने राजनीति गर्दै गर्नुहोला । तर, ती नेताहरु, जसले अत्यन्त छुद्र तरिकाले टिप्पणी गर्नुभएको छ । उहाँहरुलाई कहिल्यै कोरोना नलागोस्, उहाँका नातागोता कसैलाई पनि कोरोना नलागोस्’, उनले भने ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयमार्फत खोप सहयोगका लागि आग्रह गरेको बताए । उनले जुन देशमा कार्यकारी राष्ट्रपति छन् उक्त देशमा राष्ट्रपतिले नै पहल गर्नुपर्ने बताए ।

‘मलाई विरक्त लाग्छ । राष्ट्रपति देशको अभिभावक हो । उहाँले हैसियतअनुसार पहल गर्नुभएको छ । जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ त्यहाँ त राष्ट्रपति ले नै पहल गर्नुपर्यो । मेरो आग्रह छ– मान्छे बचे राजनीति गर्नुहोला । खोप ल्याएर जीवन रक्षा गर्ने कुरा प्रमुख हो’, उनले भने ।