निर्वाचन आयोगलाई उपेन्द्र यादवको पत्रः चार जनाको नाम दर्ता किताबबाट हटाइयोस्

निर्वाचन आयोगलाई उपेन्द्र यादवको पत्रः चार जनाको नाम दर्ता किताबबाट हटाइयोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहितका नेताहरुलाई पार्टीबाट निष्काशन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

मंगलबार यादव पक्षले आयोगलाई पत्र लेख्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्कलाई पार्टीमा नरहेको जानकारी गराएका हुन् ।

पत्रमा पटक–पटक स्पष्टीकरण सोध्दा पनि सोको कुनै जवाफ नदिएकोले अनुशासनसम्बन्धी कारबाही भएर चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख छ । अध्यक्ष यादवले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ को (१) (२) र (३) बमोजिम दलको दर्ता किताबबाट उनीहरुको नाम हटाइ अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका छन् ।

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहनुभएका महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले पार्टी विधान, नीति र निर्णयहरुको विपरीत कार्य गरिरहेको सन्दर्भमा २०७८ जेठ ८ गते बसेको केन्द्रीय कार्याकारिणी समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय भएअनुसार निजहरुलाई पटक–पटक स्पष्टीकरण सोध्दा पनि सोको कुनै जवाफ नदिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८(३), २५।१५(२) र पार्टीको अन्तरिम विधान २०७७ को धारा ४९ को (१)(२।३५) र (८) विपरीत काम गर्नुभएकोले पार्टी विधानको धारा ५० को (१) बमोजिम अनुशासनसम्बन्धी कारबाही भई निज चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको अवगत गराइन्छ,’ आयोगलाई पठाइएको पत्रमा भनिएको छ ।