मेडिसिटी अस्पतालले भन्योः उज्ज्वल थापाको उपचार जारी छ

मेडिसिटी अस्पतालले भन्योः उज्ज्वल थापाको उपचार जारी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको गम्भीर स्थितीमा भेन्टीलेटरमा उपचार चलिरहेको मेडिसिटी अस्पताल प्रशासनले जनाएको छ ।

केही सञ्चारमाध्यममा थापाको मृत्यु तथा भेन्टिलेटरबाट झिकिएको खबर आएकोमा त्यसमा सत्यता नरहेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरु हरसम्भव उपचारमा प्रयत्न गरिरहेको मेडिसिटी अस्पतालका प्रवक्ता डा. राज राणाले बताए । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

उनलाई ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि नेता थापालाई मेडिसिटीमा लगिएको थियो । थापाको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।