महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले भन्योः पत्र सच्याएर ल्याउनू

महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले भन्योः पत्र सच्याएर ल्याउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले पठाएको पत्र फिर्ता पठाएको छ ।

दुवै अध्यक्षले एकअर्कालाई कारबाही गरेको पत्र आयोगमा पेश गरेका थिए । आयोगले पत्रको ढाँचा नमिलेको भन्दै सच्याएर ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नियमावलीको ढाँचाअनुसारको पत्र नआएकाले सच्याएर ल्याउन आग्रह गरिएको बताए ।

साथै अध्यक्ष ठाकुरलाई केन्द्रीय समितिको बहुमत सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपी पठाउन आयोगले भनेको छ ।

केही दिन अगाडि उपेन्द्र समूहले महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । त्यसलगत्तै ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निकालेको पत्र निर्वाचन आयोगमा पेश गरेका थिए ।