काठमाण्डु – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले माधव–झलनाथसहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेपछि केन्द्रीय समितिको पहिलो बैठक बोलाइएको हो ।
एमालेबाट कारबाही परेपछि आगामी रणनीति तय गर्न बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
पार्टी अध्यक्ष अोलीले एमालेलाई विभाजनबाट रोक्न अन्तिम प्रयास जारी राखेका बेला नेपाल–खनाल समूहले पनि आन्तरिक छलफललाई तिव्रता दिइरहेको छ ।




प्रतिक्रिया