काठमाण्डु – नेकपा एमालेबाट निष्काशित नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा अोलीको नेतृत्वमा पार्टी आन्दोलन भासमा गएको बताएका छन् ।
बिहीबार माधव नेपाल समूहले आयोजना गरेको भर्चुअल केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता खनालले पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएकाले उपलब्धी दिन नसक्ने बताएका हुन् ।
‘केपी ओलीको नेतृत्वमा पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो’, नेता खनालले भने ।
त्यस्तै उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गरेको कारबाही हास्यास्पद रहेको बताएका छन् । नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन नेताहरु लागिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।




प्रतिक्रिया