काठमाण्डु – राष्ट्रिय जनमोर्चाकाे गण्डकी प्रदेश सांसदबाट पदमुक्त भएका कृष्ण थापाले पद गुमेपनि अनौठो नलागेको बताएका छन् ।
सभामुख नेत्रनाथ अधिकारीले पार्टीको पत्रअनुसार उनको स्थान रिक्त भएको जानकारी बिहीबारको संसद बैठकमा गराएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनतामाथि घात नगरेकाले पद गुमेपनि आफुलाई चिन्ता नलागेको बताए ।
मलाई कम्युनिस्ट भनेर जनताले गिलास चिह्नमा मतदान गरेका हुन् । मैले जनताको अभिमानमा घात गरिनँ । कुनै अनौठो लागेको छैन,’ उनले भने ।
सांसद थापाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने भन्दै पार्टीभित्रै विद्रोह गर्दै आइरहेका थिए । सोही कारण देखाउँदै थापालाई ८ जेठमा पार्टीले कारबाही गरेको थियो ।




प्रतिक्रिया