ढुंगागिट्टी निकासीको नीतिलाई तत्काल नसच्याईए हामी प्रतिवाद गर्छौंः मुख्यमन्त्री राउत

ढुंगागिट्टी निकासीको नीतिलाई तत्काल नसच्याईए हामी प्रतिवाद गर्छौंः मुख्यमन्त्री राउत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — प्रदेश २ सरकारले ढुंगागिट्टी निकासीको नीतिलाई तत्काल सच्याउन माग गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आव २०७८/०७९ को बजेटमा गरिएको व्यवस्थालाई तत्काल सच्याउन आग्रह गरेका हुन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त नीतिलाई तत्काल नसच्याए प्रदेश सरकारले त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारको उक्त निर्णयले प्रदेश २ बाट देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने भन्दै उनले भनेका छन, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन अनुरोध गर्नुका साथै यस्ता कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको कवचको रूपमा रहेको र जनता प्रतिवर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।