काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले पूर्ण बैठक (फूल कोर्ट) बोलाएका छन् ।
प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोस्टर रिफर्म, सर्वोच्च अदालतको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न ‘फूट कोर्ट’ बोलाएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जेठ २३ गते बस्ने संवैधानिक इलजासबारे निर्णय गर्न शुक्रबारका लागि उक्त बैठक बोलाइएको जानकारी दिए ।
जेठ २३ गते बस्ने संवैधानिक इजलासमा वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने प्रधानन्यायाधीशले बताइसकेका छन् ।




प्रतिक्रिया