काठमाण्डु – अमेरिकाले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकाले नेपालसहित अन्य १६ वटा एसियाली मुलुकलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप उपलब्ध गराउने भएको छ । साथै उक्त खोप जुनसम्ममा वितरण गरिसक्ने बताइएको छ ।
ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।
त्यस्तै खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई धन्यवाद दिएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री अोलीले उक्त सहयोगको घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने बताएका छन् ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2021




प्रतिक्रिया