कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।राति पनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।