काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो,के खुल्छन्, के खुल्दैनन्?

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो,के खुल्छन्, के खुल्दैनन्?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाभित्र आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ। जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही खुकुलाे बनाइएकाे हाे ।

बुधवार काठमाण्डु,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् ।

यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलदेखि मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो ।