काठमाण्डु – धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।
५५ वर्षका पौडेलको आज विहान ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।झापा निवासी पौडेल २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए ।




प्रतिक्रिया