सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो
काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज १५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै आज चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।