काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् ।
एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले आठौं र नवौं महाधिवेशनदेखि नै संघर्ष गर्दै आइरहेको बताएका हुन् ।
ओली नै पार्टी फुटाउन लागिपरेको आरोप लगाए। पार्टी एकता जोगाउन सकिन्छ कि भनेर आफुहरु संस्थापन पक्षका नेताहरुसंग छलफल गरीरहेको बताए । ओलीले पार्टी भन्दा आफुलाई सर्वेसर्वा ठानेको उनको भनाइ छ । आफ्नो पद जोगाउनकै लागि मधेसवादी दलसंग सत्ता सशकार्य गर्न लागेको बताए ।




प्रतिक्रिया