श्रीमान–श्रीमती नै आलोपालो मन्त्री

श्रीमान–श्रीमती नै आलोपालो मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रघुवीर महासेठका दम्पती आलोपालो मन्त्री भएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले आज गरेको मन्त्रिमण्डल विस्तारमा महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका छन् । संयोगले आजै उनकी श्रीमती अर्थात महिला तथा बालबालिका मन्त्री जुली कुमारी महतो सरकारबाट बाहिरिएकी छन् ।

यसअघि जुली मन्त्री हुनुभन्दा अगाडि महासेठ अ‍ोली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए । २०७४ चैत २ गते मन्त्रीमा नियुक्त भएका महासेठ ०७७ पुस १० गते मन्त्रीबाट बाहिरिएका थिए ।

केन्द्रमा श्रीमान प्रदेशमा श्रीमती मन्त्री

भर्खरै नेकपा एमालेको पार्टी कार्यालय सचिव रहेका शेरबहादुर तामाङ पनि केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सहभागी भएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि कानून मन्त्रालय सम्हालेका तामाङ बंगलादेशमा अध्यनरत छात्राका विषयमा बोल्दा विवादमा तानिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले संसद विघटन गर्दा माधव नेपालको पक्षमा रहेका तामाङ दम्पती गुट परिवर्तन गरी ओली समूहमा लागेका थिए ।

गुट परिवर्तन गर्ने बित्तिकै तामाङकी श्रीमती उषाकला राई प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्री भएकी थिइन् ।