जुनियर नेता उपप्रधानमन्त्री भएपछि हृदेश त्रिपाठी सरकारबाट बाहिरिए

जुनियर नेता उपप्रधानमन्त्री भएपछि हृदेश त्रिपाठी सरकारबाट बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले पुर्नगठित मन्त्रिमण्डलमा बस्न अस्वीकार गरेका छन् ।

त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा बस्न अस्वीकार गरेका हुन् । प्रधानमन्त्री अ‍ोलीले पुर्नगठित मन्त्रिमण्डलमा बस्न गरेको आग्रह त्रिपाठीले वरियता क्रम नमिलेपछि सरकारमा बस्न अस्वीकार गरेका हुन् ।  उनले आफू एक थान मन्त्रीका लागि सरकारमा नबस्ने बताएका छन् ।

‘जुनियरहरू उपप्रधानमन्त्री भएपछि एक थान मन्त्री हुनलाई बसिराख्न मैले औचित्य ठानिनँ,’ त्रिपाठीले भने ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका १० सहित एमालेका दुई जनालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएपछि त्रिपाठीले नव गठित मन्त्रिमण्डलमा बस्न अवीकार गरेका हुन् ।