भारतसंगको असमझदारी हटेको प्रधानमन्त्री ओलीको दावी

भारतसंगको असमझदारी हटेको प्रधानमन्त्री ओलीको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएकै दिन भारतसंगको असमझदारी हटेको बताएका छन । बीबीसी हिन्दी सेवाका लागि शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले उनले विगतमा भारतसंग असमझदारी भएको स्विकार गरेपनि अहिले भने त्यो हटेको दावी गरेका छन् । उनले छिमेकी देशहरुको बीचमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताए ।

उनले भनेका छन ‘पहिले असमझदारीहरु थिए। तर अब ती असझदारी हटेका छन । हामी त्यसैमा अल्झिएर बस्नु हुंदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ । ’

प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् । उनले नेपाल र भारतको मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने धारणा राखेका हुन ।