काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १ को पहाडी भू–भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।




प्रतिक्रिया