सरकारबाट बाहिरिएलगत्तै ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

सरकारबाट बाहिरिएलगत्तै ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् ।

‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु,’ उनले लेखेका छन्,

‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ,’ उनले लेखेका छन् ।

उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार आज छाड्ने बताएका छन् ।