गोर्खा सैनिकको योगदान सम्झेर बेलायतले नेपाललाई खोप सहयोग गर्नुपर्छः प्रधानमन्त्री ओली

गोर्खा सैनिकको योगदान सम्झेर बेलायतले नेपाललाई खोप सहयोग गर्नुपर्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र बेलायतको पुरानो सम्बन्धका आधारमा बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बेरिस जोन्सनलाई गोर्खालीको योगदान सम्झेर कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

‘गोर्खालीहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन् । उनीहरुका परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ,’ उनले भनेका छन्, ‘ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी हो । गोखा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई प्राथमिकतामा राख्नपर्छ ।’

नागरिकलाई भ्याक्सिन लगाउन नसकेमा यो निकै कठिन हुनजाने उनको भनाई छ । ‘नेपाल अहिले विश्वमा नै धेरै संक्रमित देखिएको देश हो । राजधानी भन्दा बाहिरका ग्रमीण क्षेत्रमा पनि अहिले भाइरस फैलिएको छ, यसबारेमा बेलायत जानकार हुनुपर्छ’ उनले भनेका छन् ।