काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जना संक्रमित थपिएका छन् ।
कुल १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८६ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको कूल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।
त्यस्तै आज ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुने कूल ७ हजार ७९९ जना पुगेको छ । हाल नेपालमा कोरोना निको भएको दर ८२.८ प्रतिशत रहेको छ ।




प्रतिक्रिया