काठमाण्डु — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्धामा आज सुनुवाई हुँदैछ । यसअघि कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएपछि सुनुवाई स्थगित हुँदै आएको थियो ।
प्रधानन्यायाधीशले इजलासका लागि आज वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना रहेको छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि २३ जेठमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए ।
अधिवक्ताहरुले नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै उनीहरुको विकल्प खोज्न आग्रह गरेका छन् ।
शुक्रबार बसेको सर्वोच्चको फुल कोर्टको बैठकले नियमावली संशोधन गर्नु नपर्ने ठहर गरेको थियो ।




प्रतिक्रिया