काठमाण्डु – प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधार संवैधानिक इजलास पुर्नगठन गरेका हुन् ।
पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की,मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधी निर्वाचनको मिति तोकेका थिए ।
संसद विघटन गर्नु असंवैधानिक कार्य भएको भन्दै विपक्षी दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विपक्षी गठबन्धनका तर्फवाट १४६ सांसदले श–शरीर उपस्थित भएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।




प्रतिक्रिया