उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिः आठ विद्यार्थी संगठनले मागे प्रधानमन्त्रीसंग स्पष्टीकरण

उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिः आठ विद्यार्थी संगठनले मागे प्रधानमन्त्रीसंग स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।

भर्चुअल माध्यमबाट बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

विद्यार्थी संगठनहरुले बजेट वक्तव्यमा ल्याइएको ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने’ प्रावधान तत्काल खारेज गर्न पनि माग गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि पनि फिर्ता लिन विद्यार्थी संगठनहरुको माग छ ।

यस्तै कतिपय निजि विद्यालयहरुले विद्यालय संचालन नभएको समयमा समेत शुल्क असूली गरेको भन्दै तत्काल शुल्क असूली रोक्न माग गरेका छन् ।

बैठकपछि जारी गरिएको विज्ञप्ति जारी गर्दै विभिन्न आठ विद्यार्थी संगठनले माग पुरा नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।