काठमाण्डु – कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा समयमा लगाउन नपाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै खोपको दोस्रो मात्रा तत्काल उपलब्ध गराउन नसक्ने जनाएको हो ।
२०७७ फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउने समय भइसके पनि भारत सरकारको खोप निर्यात सम्बन्धी निर्णयका कारण सिरमबाट खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएको महाशाखले जनाएको छ ।
उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।





प्रतिक्रिया