मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिने

मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् ।

सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ ।

गत जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, माधव नेपाल समूहका बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो ।