एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक नियुक्त, लामालाई कार्य व्यवस्थाबाट हटाइयो

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक नियुक्त, लामालाई कार्य व्यवस्थाबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गाकुमारी बिकलाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको एमाले संसदीय दलले जनाएको छ ।

यसअघि प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । खड्का सामाजिक विकास मन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

साथै एमाले संसदीय दलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाइएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । लामाको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको उनले बताए ।