पशुपति र प्रकाशचन्द्रको भूमिकाप्रति कमल थापाले जनाए असन्तुष्टि

पशुपति र प्रकाशचन्द्रको भूमिकाप्रति कमल थापाले जनाए असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीका अर्का अध्यक्षद्धयको भुमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत आफूहरूलाई अल्छी र तीव्र गतिमा दौडने घोडासँग तुलना गर्दै पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । एकतापछि राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी ३ जना अध्यक्ष छन् ।

‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन,’ थापाले फेसबुकमा भनेका छन्, ‘तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो गतिहीन नै होला भन्ने सोचिएन ।’

उनले अगाडि भनेका छन्, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।’ कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच गत २०७६ फागुनमा एकता भएको थियो ।