प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघिसारेका थिए । अध्यक्ष ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।