काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अर्नगल प्रचार भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेता भुसालले आफूहरुले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गरेको भन्दै विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताएका छन् ।
‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ’, उनले भनेका छन् ।
नेता भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह खडा भएको छैन ? भन्दै आशंका व्यक्त गरेका छन् ।
‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्’, उनले भनेका छन् ।




प्रतिक्रिया