कोटेश्वरको भाटभटेनीलाई चार लाख जरिवाना

कोटेश्वरको भाटभटेनीलाई चार लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई चार लाख जरिवाना तिराइएको छ ।

निषेधाज्ञामा पसल खोलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सोमबार गरेको अनुगमनका क्रममा दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख जरिवानाको आदेश दिएको जानकारी दिए ।

निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्यानेजर सागर गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो ।

निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको थियो।

भाटभटेनीले मूल ढोका बन्द गरेपनि अर्को ढोकाबाट ग्राहकलाई जान दिइएको पाएपछि म्यानेजरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।