प्रधानमन्त्रीलाई माधव नेपालको ६ बुँदे जवाफः संसद विघटन गर्ने निर्णय फिर्ता लिनूस् (पूर्णपाठ)

प्रधानमन्त्रीलाई माधव नेपालको ६ बुँदे जवाफः संसद विघटन गर्ने निर्णय फिर्ता लिनूस् (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई ६ बुँदे जवाफ फर्काएका छन् ।

आइतबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एकताका लागि ६ बुँदे प्रस्तावबारे नेपाल समूहले जवाफ फर्काएको हो । नेता नेपालले प्रधानमन्त्री अ‍ोलीलाई प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

 ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन गर्ने निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालले भनेका छन्, ‘आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन ।’

त्यस्तै नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा’ उभिएका व्यक्तिहरुलाई ‘आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने’ कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।’

यस्तो छ नेपाल समूहको वक्तव्य