काठमाण्डु – विसं २०७८ साल जेठ २५ गते मङ्गलबार । इस्वी सन् २०२१ जुन ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय मध्ययम रहेकाले आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेको छ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) बिहानको समय राम्रो रहेकोले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) मायाप्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला, गलत मानिसको फन्दामा परिन सक्छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आर्थिक अवस्था कमजोर रहने हुनाले घरपरिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) मध्यान्हबाट समय राम्रो रहेकाले लेखन कलाको माध्ययमले आफ्ना भनाइ जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईंकै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जाँगर आउनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकाले राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । मायाप्रेममा सामीप्यता बढेर जानेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) पढाइलेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाडिन सक्छन्, ध्यान दिनुहोला ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) बिहानको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।




प्रतिक्रिया