मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने कांग्रेस र नेपाल समूहको निर्णय

मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने कांग्रेस र नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

भट्टलाई मत नदिन नेकपा एमाले सुदूरपश्चिम प्रदेशले निर्देशन दिएपनि संसदीय दलको बैठकले पक्षमा मतदान गर्न गर्ने निर्णय गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । उनकाअनुसार केन्द्रको ह्वीपविपरित भट्टलाई माधव नेपाल समूहले पक्षमा मतदान गर्नेछ ।

नेकपा एमालेको गत जेठ १० गते बसेको स्थायी कमिटी बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । अल्पमतमा परेका मुख्यमन्त्री भट्टले आइतबार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निणय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद रहेका छन् ।