कैलाली– नेपाली कांग्रेस क्षेत्र नं ४ का प्रतिनिधिसभा उमेद्ववार सुनिल कुमार भण्डारीले आर्थिक समृद्धीको मुद्धा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
चुनाबी प्रचार प्रसारको कार्यक्रमको बारेमा जानकारी दिन बुधवार धनगढी स्थित आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले अबको समय भनेको अर्थिक समृद्धिको युग भएकाले देशका सम्पूर्ण राजनैतिक दलहरुले मिलेर आर्थिक समृद्धिका मुद्धाहारुलाई अगाढी बढ्नुपर्ने बताउनुभयो ।
चुनाबका बेला नेताहरुले अगाढी सार्ने परम्परागत मुद्दालाई भण्डारीले पनि आफ्नो चुनाबी मुद्दाका रुपमा अगाडी सार्नुभएको छ । उहाले क्षेत्र नं ४ का पहाडी भेगको सडक संञ्जानललाई आफ्नो पहिलो मुद्धा बनाउनुभएको छ । नेपाली कांग्रेसका पुराना नेता समत रहेका भण्डारीले यस क्षेत्रमा देखिएको खानेपानिको समस्यालाई ठोस रुपमा संबोधन गर्ने आफुले योजना बनाएको समेत बताउनुभयो ।
यस क्षेत्रका ओलानी ,बन्दगढा ,बुढितोला लगायतका ठाउहरुमा खानेपानिको चर्को समस्या हुदै आएको छ । नेताहरुले चुनावका बेला खानेपानिको समस्या समाधान गर्न पटक पटक आश्बासन दिने गरेको भएपनि स्थानियहरु अझै पनि ढुक्क बन्न सकेका छैनन् ।
उमेदवार भण्डारीले आफुले सक्ने कुरा मात्रै जनतासंग प्रतिबद्धता जनाएको र खानेपानिको समस्याका लागी ठोस योजना बनाउने दाबी गर्नुभयो ।
पत्रकार संम्मेलनमा बोल्दै कांग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहनुभएका नेता भण्डारीले यस क्षेत्रकै गौरबको रुपमा रहेको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको कामलाई सम्पन्न गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । उहाले मेडिकल कलेजको कामलाई समयमै सम्पन्न गर्न आफुले पहल गर्ने बताउनुभयो ।
आफ्ना प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट तर्फ इङित गर्दै भण्डारी भन्नूभयो‘लेखराज नाताले मेरो भाइ हुन तर जनताले उहालाई तीन पटक टेष्ट गरिसके अब मेरो पालो हो । ’




प्रतिक्रिया