मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाले हेर्ने

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाले हेर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

निवेदकले केपी शर्मा ओलीको सरकार काम चलाउ भएको र जेठ २१ मा जसपाका महन्त ठाकुर पक्षलाई समेटेर गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट दावी गरेका छन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।