काठमाण्डु – काठमाण्डुको बौद्धस्थित नयाँ वस्तीमा बोराभित्र मानिसको शवको केहि भाग फेला परेको छ । मंगलबार बिहान उक्त बोराभित्र शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको हो ।
काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले शवको केही भाग मात्रै फेला परेको जानकारी दिए । शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको महिला वा पुरुष कसको हो भन्ने केही खुल्न नसेको प्रहरीको भनाई छ ।
शव भएको स्थानमा गएका चिकित्सकहरूले उक्त शव तीन साता पहिलेको हुनसक्ने अनुमान लगाएका छन् । एसएसपी सिंहले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।




प्रतिक्रिया