सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने नेपाल समूहका सांसद बर्खास्त हुँदै

सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने नेपाल समूहका सांसद बर्खास्त हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए । उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेशसभालाई गराउने बताए ।

‘पार्टीको ह्वीप उल्लंघन गर्ने यो भन्दा गलत के हुन सक्छ ? उनीहरुलाई बर्खास्त गर्न तयारी गरेका छौं’, काठमाण्डु पाटीसँग अध्यक्ष थापाले भने ।

नेपाल समूहका १५ जना सांसदले पार्टीको निर्देशन विपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।