प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई बुधबार हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई बुधबार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई बुधबार हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि सुनुवाइ सारिएको थियो । संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाई सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाई बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

इजलासमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेकाक छन् ।

इजलास गठनकै विषयमा विवाद भएपछि मुल मृद्धामा केन्द्रित हुन सकेको छैन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन् ।

तीमध्ये संसद पुनःस्थापना गरी संविधानको धारा ७५ को उपधारा (५) अनुसार केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन माग गर्दै ४ रिट परेका छन् भने बाँकी २६ रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग छ ।