काठमाण्डु – मेगा बैंक लिमिटेडले ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । एसबी सल्युसनसँगको सहकार्यमा ऋण अटोमेसन प्रणाली सरु गरेको बैंकले जनाएको छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने बताइएको छ ।
यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउने बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठले जानकारी दिए । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउँछ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी श्री अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष श्री विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।




प्रतिक्रिया