सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छः प्रचण्ड

सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पलकम दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।

मंगलबार नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अदालतले संविधान हेर्ने भएकाले संसद पुनःस्थापना हुन बताएका हुन् ।

‘अदालतले पनि हेर्ने भनेको संविधान नै हो। संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन,’ उनले भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’