एमालेको विवाद समाधानका लागी विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच हाेटल समिटमा छलफल सुरू

एमालेको विवाद समाधानका लागी विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच हाेटल समिटमा छलफल सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागी दोस्रो तहका नेताहरु सकृय भएका छन् । अहिले दुवै समुहका दोस्रो तहका नेताहरुबीचको वार्ता सुरु भएको छ ।

काठमाण्डुको होटल समिटमा जारी वार्तामा संस्थापन पक्षबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल खनाल समुहका सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच छलफल चलिरहेकाे एक नेताले जानकारी दिए । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षका नेताहरु पार्टीलाई एकताबद्ध गराउन आन्तरिक छलफलमा जुटेका हुन् ।